प्यूठान कांग्रेसको सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचित
जुम्री । नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचत भएका छन् ।
आइतबार प्यूठान नगरपालिकाको जुम्रीमा सम्पन्न जिल्ला अधिवेशने सभापतिमा बर्मालाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । बर्मा प्यूठान नगरपालिकाका उपमेयर तथा प्यूठान कांग्रेसका उपसभापति समेत रहेका थिए ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् कांग्रेस नेता रोज राणाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला संयोजक ईश्वरसिंह विष्ट, नेताहरू खिमानसिंह रायमाझी, देवीराम पुन मगर, प्रमोद पोखरेल, नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्ण बस्याल (रोयल), अर्जुन गिरी लगायतका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशन उद्घाटन हुनुभन्दा अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल ¥यालीसहित झाँकी प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया