चितवन कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित
भरतपुर । नेपाली कांग्रेस चितवनको जिल्ला सभापतिमा मिलनबाबु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार भरतपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । आफू सभापतिमा निर्वाचित भएपछि श्रेष्ठले सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
Published : Sunday, 2026 November 1, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया