भोजपुर कांग्रेसको सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित

भाजपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत भोजपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित भएका छन् ।

आइतबार भोजपुरमा सम्पन्न अधिवेशनले राईलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय प्रतिनिधि उत्तम चापागाईले बताएका छन् ।

केन्द्रीय प्रतिनिधि चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा सीता राई लगायतका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2026 November 1, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया