कृषि फार्ममा अनुदान मिलाइदिने भनेर झण्डै ६ करोड ठगी गर्ने समूहलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगीको कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको ताहाचल बस्ने वर्ष ५२ का तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुरको नखिपोट बस्ने वर्ष ६० का प्रेमनारायण खनाल रहेको सीआईबीका सहप्रवक्ता एवम् एसपी योगेन्द्रकुमार खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जालिमसिंह महताको जोहरीले प्रतिवादी पूजा खड्गी समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा अभियुक्तहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि पटक पटक गरि ५ करोड ८० लाख ठगी गरेपछि सीआईबीले महर्जन र खनाललाई पक्राउ गरेको जनाएको छ ।

Published : Friday, 2026 October 30, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया