प्रधानन्यायाधीशद्वारा प्राड विवाक जर्नल–२०८३ विमोचन
काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले नेपाली सेनाको ‘प्राड विवाक जर्नल २०८३’को विमोचन गरेका छन् ।
सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा जर्नलको विमोचन गरिएको हो । सेना प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवको अवसरमा जङ्गी अड्डामा विशेष कार्यक्रम भएको थियो ।
कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने विशेष सैनिक अदालतका पूर्व न्यायाधीश एवम् सदस्यहरू र पूर्व सैनिक प्राड रथीवृन्द, अधिकृत गरी ६ जनालाई सम्मान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सेना प्राड विवाकसँग सम्बन्धित कार्यहरूमा सहजता र एकरूपता कायम गर्ने तथा कार्य सम्पादनमा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले सञ्चालन भएको “लिगल सेमिनार २०८३” को प्रधान सेनापति अशोकराज सिग्देलले समापन पनि गरेका छन् ।
कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द एवम् प्राड अधिकृतहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया