दंगा फैलाएको कसूरमा रास्वपाका वडा सभापति पक्राउ
लहान । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्ति (दंगा)विरुद्धको कसूरमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खानलाई पक्राउ गरेको छ ।
गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भुमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको छ । पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
आइतबार राति मात्र सोही मुदामा प्रहरीले वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो ।
Published : Monday, 2026 October 26, 8:04 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया