बर्दियाका शिक्षकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुविरुद्ध आरोपपत्र दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालत काठमाडौंमा हरिरामविरुद्ध शैक्षिक प्रमाणपत्र नक्कली रहेको अभियोगमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले राष्ट्रसेवक पद बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) को लागि श्री मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भनी एसएलसी मार्कशिट र क्यारेक्टर सर्टिफिकेटसहितको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओहदा, लाभ, सुविधा प्राप्त गरेकोले भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया