वीरगञ्जको गोल्डेन फिङ्गर क्यासिनामो प्रहरी छापा, ५ जना पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न मानिसहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
कात्तिक ३ गते राति साढे ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि. (क्यासिनो)मा प्रहरीले छापामारेको प्रहरी निरीक्षक विकाश राईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
क्यासिनोमा नेपालीहरू प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले छापामारेर पाँच जनालाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा बाराको पचरौता नगरपालिका वडा नं.४ बस्ने वर्ष ४८ का रामचन्द्र साह, बाराको प्रसौनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ४९ का अच्छेलाल प्रसाद, बाराको प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४७ का सुवास कुमार, रौतहटको बौधीमाई नगरपालिका वडा नं.९ बस्ने वर्ष ५० का सुमेश्वरनाथ प्रसाद र बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३५ का सुनिल पटेल रहेको प्रहरी निरीक्षक राईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया