तीन वर्षपछि डिभोर्स महिलाको अनुभव
डिभोर्स अगाडि श्रीमानको घर जेल जस्तो लाग्थ्यो । आज डिभोर्स भएको तीन बर्षपछि आफ्नै घर नै नर्क जस्तो लाग्छ । खै किन लेख्दै छु– सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन् । रिसको आवेगमा परिवार नफुटोस ।
गोप्य नै रहोस् मेरो नाम, उमेर, बसाइँ । मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे । मैले आफ्नै रोजाइमा बिबाह गरे, मेरो श्रीमान् शान्त स्वभावको कामकाजी छन् । अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरामाथि पर्नैपर्ने तर, मनमा नराम्रो चाहिँ थिएन ।
झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो । त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे ।
बिहेपछि सुरुसुरुमा सबैकुरा राम्रै चलिराको थियो । तर, म एकदम भावुक किसिमको थिएँ, अलिक रिसालु पनि थिएँ । श्रीमानले थोरै मेरोबारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे । त्यसबेला दिदी, भिनाज, दाजु, भाउजु, भाइ, बुहारी, आमा र बुबा सबै मेरो पक्षमा उभिन्थें । किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर, मैले गरेको गल्ती चाहिँ लुकाउथे । त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन् । र, मलाई सहारा दिन्छन्– अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोंच्ने गर्थे ।
एकदिन कुरै कुरामा हाम्रो झगडा भयो– कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने । त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो– त्यो एक झापडले मेरो जीवनलाई बदल्छ ।
रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए । आफूले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाएँ, देखाएँ । त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षससँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरें । प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे ।
म राति ओछ्यानमा सुतेर सोंच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त ?
केही दिनपछि धैर्य गर्न सकिनभन्दै उसैले माफी माग्यो ।
मैले मुद्दा फिर्ता लिए तर, म उसँग उसको घरमा गइन । केही दिनपछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवनयापन गर्नु परिवारले भने । म पनि सहमत भए ।
पहिलो केही महिना राम्रैसँग बित्यो । तर, अचानक फेरि झगडा भयो– र म मेरो आमाबुबाको घरमा आएँ ।
केहीदिनपछि मेरो श्रीमान् बिरामी छन् भनेको कुरा सुने । माइतीघरका सबैले स्वास्नी फर्केर आउँछे भनेर नाटक गरेको हो भने । त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनीहरूको साथमा जान्छु भन्ने मनमा सोंचेँ ।
तर, कोहि आएनन् । बरु घरमा एउटा पत्र आउँछ– सम्बन्धविच्छेद पत्र ।
पत्र हातमा परेपछि मन, मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोंचे, यो आँट उसमा कहाँबाट आयो ? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले ‘कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो’ भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए ।
मलाई मेरो मुटुमा १००० किलोको ढुङ्गाको वजनले थिचें जस्तो महसुस हुँदै थियोे । सास फेर्न गाह्रो भएको थियो । त्यसबेला एक शब्द पनि नसोंची सबै कुरा स्वीकार गरें ।
बच्चा मसँग आयो, आर्थिक सुरक्षा र उसको हातबाट म स्वतन्त्र भए ।
आज साढे तीन बर्ष बितेछ । उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे– तर म ?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो– यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर, हामी डिभोर्सीसँग रात कटाउन, घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन् ।
आज म सोंच्ने गर्छु– एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पूरै परिवार सधैंको लागि सकियो ।
उसले मलाई एकपटक एक झापड हान्यो– तर, मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दुःख दिएँ । आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकूल हुनु, मायामा कमी हुन नदिनु रहेछ । तर, यो सबै मेरो भाग्यमा रहेन ।
सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ– भनेर जसले सोंचीरहेका छन् । स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो ।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ ।
दिदीबहिनीहरू आफ्नो श्रीमानसँग झगडा गर्नु । तर, रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु । आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस् सायद त्यसले तपाईंको पूरै जिन्दगी नै बदलिन्छ । अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गएकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने, चलाउने काम नगर्नु । आफ्नो बुहारीलाई जस्तो आफूले गरेको छ, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोंच्ने गर्नु ।
(सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया