देउवा पक्षकी खम्बा डबल विषयमा मास्टर गरेकी कांग्रेस नेतृ शाही

काठमाडौं । नेपाली कांग्रेस, कालीकोटकी युवा नेतृ कमलासिंह शाही पार्टीको सक्रिय राजनीतिमा छिन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेर आएकी शाही विद्यार्थी आन्दोलनकी उत्पादन हुन् । शेरबहादुर देउवाको राजनीतिक जीवनबाट प्रभावित नेतृ शाही नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनको पक्षमा छिन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशनमा नेतृ शाहीले भूमिका खेल्दै आएकी छिन् । शाहीलाई देउवा पक्षको खम्बाका रुपमा लिने गरिन्छ ।

शेरबहादुर देउवालाई गगन थापा समूहबाट भएको अपमान, अराजनीतिक संस्कारको नेतृ शाही सख्त विरोधी हुन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउन नेतृ शाहीको विशेष भूमिका पनि रहेको थियो । २०७९ र २०८२ को स्ववियु निर्वाचनमा त्रिवि स्ववियु सभापति जिताउन नेतृ शाहीको पनि योगदान रहेको चर्चा छ ।

उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, केन्द्रीय क्याम्पसबाट फेरि अर्को विषय राजनीतिक शास्त्रबाट मास्टर डिग्री गर्दै छिन् । डबल मास्टर डिग्री गरेकी नेतृ शाही कांग्रेसको राजनीतिलाई सशक्त रुपमा अगाडि बढाउन संघर्षरत छिन् । दुर्गम जिल्ला कालीकोटबाट काठमाडौं आएर अध्ययन र राजनीतिलाई शाहीले सँगसँगै लिएर हिँडेकी छिन् ।

Published : Tuesday, 2026 October 20, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया