कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका संयोजक सिटौलाद्वारा कार्यसमिति गठन
काठमाडौं । नेपाली कांग्रेस निटकको नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजक प्रमोद सिटौलाले २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।
शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समिति अन्तर्गत जनसम्पर्क समिति अमेरिकाका संयोजक सिटौलाले कार्यसमिति गठन गरेका हुन् । समितिको उपसंयोजकमा संजीव श्रेष्ठ, सदस्य सचिवमा जितेन गुरुङ रहेका छन् ।
समितिको सदस्यहरूमा भुवन आचार्य, राजु शाह, दीवाकर बागचन्द, इन्द्र सिटौला, सुमन वस्ती, शिव बानियाँ, सबिन बस्नेत, शिव मल्ल, रामबहादुर देउवा, अमृत ढकाल, श्याम यादव, विनोद शाह, दीपा बोहरा, कुशल नहर्पी, रोशन अधिकारी, दीपेन्द्र विष्ट, एकराज खड्का, भरत जोशी रहेका छन् ।
संयोजक सिटौलाले पार्टीको नीति, सिद्धान्त र निर्देशनअनुसार कार्यसमिति गठन गरिएको जानकारी दिएका छन् । उनले अमेरिकामा रहेका लोकतन्त्रप्रेमी नेपालीलाई एकताबद्ध गर्दै संगठनलाई थप सुदृढ, सक्रिय र संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवगठित समितिको प्रमुख प्राथमिकतामा नेपाली कांग्रेसको आसन्न १५औँ नियमित महाधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्नु रहेको सिटौलाले बताएका छन् । त्यसका लागि अमेरिकामा रहेका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नेपालीबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने उनले बताए ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया