नेपाली जनसम्पर्क समिति जर्मनीको अधिवेशन गर्न कांग्रेसद्वारा सभापति खड्कालाई पत्रसहित निर्देशन
काठमाडौं । नेपाली कांग्रेस १५औं तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति जर्मनीको सभापति शिखर खड्कालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन् ।
कांग्रेसका संयोजक प्रा.डा.कोइरालाले सभापति खड्कालाई पत्र पठाउँदै नेपाली कांग्रेसको आधिकारिकताको सम्बन्धमा विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कतिपय अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गरेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित बैधानिक केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५औं महाधिवेशन गर्नुपर्ने बैधानिक दायित्व भएको जनाएका छन् ।
‘स्थानीय तहको निर्वाचन पनि २०८४ वैशाख र प्रदेश सभाको निर्वाचन अबको करीव १ वर्षमा हुँदैछ,’ पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतले आफ्नो कार्यविधिभित्र रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्री टुङ्ग्याउने र हामीले न्याय पाउने छौं भन्ने गहिरो विश्वास रहेको छ ।’
कांग्रेसका संयोजक प्रा.डा.कोइरालाले २०८३ कात्तिक ३० गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशनहरू सम्पन्न गर्न सभापति खड्कालाई पत्र पठाएर निर्देशन दिएका हुन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया