चोलेन्द्रशम्शेर र गगनकी केन्द्रीय सदस्यबीच सेटिङ, कांग्रेसमा धान चोर्ने विनिता, कुटाइ खाने दीपक खड्का
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरको १५ओैँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेवार तथा सभापति गगन थापानिकट विनिता खड्का पक्राउ परिन् । खड्कालाई पक्राउलाई पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरासंग कनेक्शन रहेको भन्दै पक्राउ गरिएको छ ।
यो घटनाबाट विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व हडपेका गगन थापा कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको कथित चलखेल र सेटिङ कनेक्सनको पुष्टि भएको छ ।
कांग्रेसको महाधिवेशन चलिरहेका बेला खड्का महिला क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार थिइन्। मत माग्न सक्रिय रहेकै अवस्थामा उनी पक्राउ परेकी हुन् । खड्का पक्राउ परेको खबर सार्वजनिक भएपछि सभापति थापाको राजनीतिक तथा नैतिक जिम्मेवारीबारे प्रश्न उठ्न सक्ने देखिएको छ।
यसअघि कांग्रेसको आधिकारिकता सम्बन्धि मुद्दालाई लिएर देउवा पक्षले अदालतमा सेटिङ गरेको भन्दै थापा समूहले को को होलो मच्चाएको थियो । थापा निकटकी केन्द्रीय सदस्य उमेदवार कुसुम थापा मगरमार्फत सामाजिक सञ्जालमा अभिव्यक्ति लेख्न लगाएर कांग्रेस नेता दीपक खड्काको राजनीतिक छवि कमजोर बनाउने प्रयास गर्दै अदालतमा सेटिङ गरेको भन्दै सामाजिक संजालमा जथाभावि लेखेकी थिइन् ।
स्रोतको दाबीअनुसार, विनिता खड्काले केही दिनअघि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका भरत चौलागाईंमार्फत ठूलो रकम लिएको र कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य बन्न आर्थिक चलखेल गरेको आशंका गरिएको छ। योसंगै ईजरायल पठाउने भन्दै सर्वसाधारणसंग उठाईएको सो पैसा कांग्रेसको आधिकारिकता पाउनका लागि थापा समूहले खर्च गरेको आशंका बढेको छ ।
यद्यपि, उक्त आर्थिक कारोबार, त्यसको उद्देश्य तथा यस प्रकरणमा संलग्न व्यक्तिहरूबारे सम्बन्धित निकायबाट स्वतन्त्र पुष्टि हुन बाँकी छ। चौलागाई र खड्का दुवै रामेछापका कांग्रेस नेता हुन् । चौलागाई खड्का चोलेन्द्रशम्शेरको पालामा अकुत सम्पति आर्जन गरेको आरोप लाग्ने गरेका पात्र हुन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया