कांग्रेस पोखरा महानगरको सभापतिमा देउवा पक्षीय तिवारी सर्वसम्मत निर्वाचित

पोखरा । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत पोखरा महानगरको अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार पोखरामा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीको उपस्थितिमा पोखरा महानगर कार्यसमितिको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले पोखरा महानगर समितिको सभापतिमा मिलन तिवारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । सभापति तिवारीले कार्यसमिति पनि प्रस्ताव गरेका छन् ।

पोखरा महानगरको अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

Published : Friday, 2026 October 9, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया