भरतपुर महानगरमा देउवा पक्षीय अधिवेशन सम्पन्न, सभापतिमा राई सर्वसम्मत
भरतपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट भरतपुर महानगरको सभापतिमा प्रमिश राई सर्वसम्मत निर्वाचित भएका छन् ।
उपसभापतिमा रिसल श्रेष्ठसहित सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
Published : Friday, 2026 October 9, 8:54 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया