कांग्रेसको मधेसी कोटातर्फ सहमहामन्त्रीमा शाह र यादवबीच प्रतिस्पर्धा, नयाँ शाह र पटक पटक अवसर पाएका यादवबीच टक्कार

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षणतर्फ सहमहामन्त्री पद नयाँ र पुरानो पुस्ताबीच प्रतिस्पर्धा हुन लागेको छ ।

सहमहामन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र पूर्वमन्त्री एवम् निवर्तमान सहमहामन्त्री महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुन लागेको हो । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह र खुला मञ्चमा मतदान हुन लागेको छ ।

सहमहामन्त्री पदका उम्मेदवार शाह कांग्रेसको केन्द्रीय कार्यसमितिको लागि नयाँ अनुहार हुन् । तीन पटक कपिलवस्तु ३ बाट प्रत्यक्षबाट निर्वाचित युवा नेता शाह गगन थापासँग निकट रहेर संसदमा कार्यसम्पादन गर्दै आएका छन् ।

सहमहामन्त्री पदमा उम्मेदवार बनेका यादव धेरै पटक मधेसी आरक्षण र मधेसी जनताको नाममा अवसर पाएका नेतामा पर्छन् । हुन त नेता यादव बिगतमा पुलिस र कर्मचारी सरुवा तथा बढुवामा उठ्तीपठ्ती गरेको आरोपहरू लागेको थियो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले युवाहरूका बीच लोकप्रिय युवा नेता शाह र पटक पटक मधेसी आरक्षणमा अबसर पाएका यादवलाई मतदान गरेर निर्वाचित गर्ने विशेष ध्यान दिनु पर्छ ।

Published : Friday, 2026 October 9, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया