महाधिवेशन प्रतिनिधिमा गगनका ससुराहरू रातारात निर्वाचित, सहयोगी मुडभरी पनि निर्वाचित

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगन थापाका ससुराद्वय अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

आइतबार नुवाकोट क्षेत्र नं. २ (२)को मतगणनामा मत पत्रमा हस्ताक्षर नरहेको तथा फरक रंगका मतपत्र देखिएको, आर्थिक चलखेल भएको भन्दै अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा सोमबार नै उजुरी दिएका थिए । उजुरीपछि समितिका सदस्य सचिव राजु कटुवालले सोमबार नै मत गणना प्रक्रिया रोक्न र मतपत्रलाई सुरक्षित राख्न निर्देशन दिएका थिए ।

सदस्य सचिव कटुवालले निर्देशन दिएको केही घण्टापछि गगन थापाका ससुराद्वय अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको नुवाकोट निर्वाचन अधिकृतले हस्ताक्षर गरेर सूचना जारी गरेका छन् । बदलिएको २.० कांग्रेसको सभापति ज्वाइँ बनेका बेला ससुराहरू पराजित हुने त सम्भावना नै थिएन, हुनु पनि हुँदैन । दुबै जनाले खुलातर्फ उम्मेदवारी दिएका थिए ।

अर्जुननरसिंह केसीले ७ सय ३५ र जगदीश्वरनरसिंह केसीले ६ सय ९३ मत पाएका छन् । ससुराद्वय अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीको मागअनुसार केन्द्रीय निर्वाचन समितिले छानविन वा अनुसन्धान या कानूनी प्रक्रिया के गर्‍यो केही भनेको छैन ।

नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले निर्वाचन समितिले आफ्नो प्रक्रिया पूरा गरेर नतिजा सार्वजनिक गरेको प्रतिक्रिया दिएका छन् । उनले निर्वाचन समितिले मत गणना प्रक्रिया रोक्न निर्देशन दिए पनि निर्वाचन समितिले निरन्तर मत गणना गरेर नतिजा सार्वजनकि गरेको बताए ।

उता, सामाजिक सञ्जालमार्फत् जगदीश्वर नरसिंह केसीले सहमहामन्त्री भनेर बहादुरसिंह लामाको नाम उल्लेख नगरेर आर्थिक चलखेल गरेको आरोप लगाएका थिए । निर्वाचन समितिले मत गणना प्रक्रिया रोक्न निर्देशन दिँदा समेत प्रक्रिया नरोकेको भन्दै आक्रोश पोखेका थिए ।

जगदीश्वरनरसिंह केसीले प्रश्न गर्दै सामाजिक सञ्जालमार्फत् भनेका थिए, ‘नुवाकोट क्षेत्र नं. २ (२) प्रदेशको मतपत्रमा देखिएको यो सहि एकै व्यक्तिको हुन सक्छ कि सक्दैन ? यति गैरजिम्मेवार तरिकाले सहि गर्न सक्छ त कुनै मतदान अधिकृतले ? तर, निर्वाचन अधिकृतले प्राप्त मत पत्रभन्दा फरक मत बाहिर छपाएर मतमत्रमा ९ थरी हस्ताक्षर गरि मत हलाउन नेतृत्व गर्न सहमहामन्त्री भन्नेहरूको हर्कत पनि यो अधिबेशनमा देखियो । आँट र हिक्मत भए क्षेत्रीय प्रतिनिधिले आफैंले मतदान गर्न पाउने परिस्थितिमा अघि बढन तयर होउन । केन्द्रीय निर्वाचन कार्यलय प्रक्रिया रोक्न पत्राचार गर्दा पनि प्रक्रिय नरोक्ने र आर्थिक चलेखेल गरि प्रक्रिया नरोकिएको पनि भेटियो ।’

गगन थापाका सहयोगी सविनराज मुडभरी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मुडभरीले खुलातर्फ उम्मेदावरी दिएका थिए । मुडभरी ५ सय ६६ मतसहित निर्वाचित भएका छन् ।

Published : Monday, 2026 October 5, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया