आफ्नै रोल्पा सम्हाल्न नसकेका अमरसिंह महामन्त्रीका उम्मेदवार, देउवा पक्षद्वारा जिल्ला कब्जा, धमाधम वडा अधिवेशन

सुनिलस्मृति । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले रोल्पा जिल्लामा धमाधम नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू गरिरहेका छन् ।

सोमबारसम्म रोल्पाका अधिकांश वडाहरूमा स्थानीय नेता तथा कार्यकर्ताहरूले वडा अधिवेशन सम्पन्न गरिसकेका छन् । दुर्गमका वडाहरूमा क्रमशः वडा अधिवेशन भइरहेका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले दीपेश घर्ती मगरलाई वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । युवा, युवतीहरूको उल्लेख्य सहभागिता रहेको वडा अधिवेशनले कांग्रेसको बृहत एकताका लागि आफूहरू संगठन निर्माणमा उभिएको जनाएका छन् ।

रोल्पा जिल्ला तथाकथित विशेष महाधिवेशन पक्षधर लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनको गृहजिल्ला पर्छ । रोल्पामा सधैँ उम्मेदवार बनेर पराजित भएका र समानुपातिकबाट अवसर पाएका अमरसिंह पुनले जिल्लालाई छाडेर बाँकीतिर हिँडेपछि देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले कब्जा गर्न शुरु गरेका छन् ।

आफ्नै जिल्लाबाट कहिल्यै जित्न नसकेका र जिल्लालाई पनि मिलाउन नसकेका अमरसिंह पुन तथाकथित विशेष महाधिवेशन पक्षधरले काठमडौंमा शुरु गरेको १५औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार बनेका छन् । अमरसिंह पुन रोल्पाका नेता तथा कार्यकर्ताहरूलाई अलपत्र पारेर बाँके र बाँकेबाट सिधै काठमाडौंतिर लागेर महामन्त्री पदको उम्मेदवार बनेपछि रोल्पाका नेता तथा कार्यकर्ताहरू चकित परेका छन् ।

रोल्पामा सधै पराजित भएपछि बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका अमरसिंह पुन त्यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग पराजित भएका थिए । अमरसिंह पुनको जीवनमा जीतको शब्द भन्ने नै नरहेको रोल्पा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बताउने गरेका छन् । ठेकेदार पृष्ठभूमिका अमरसिंह पुन पछिल्लो समय २.० कांग्रेसको निकै चल्तीका नेतामा पर्छन् ।

रोल्पा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आफ्नै जिल्ला सम्हाल्न नसक्ने अमरसिंह पुनले महामन्त्री पदमा कसरी जित्लान् ? भनेर चासोका साथ हेरिरहेका छन् ।

Published : Monday, 2026 October 5, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया