गगनतिर लक्षित गर्दै प्रधानमन्त्री शाहले भने– खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तथाकथित विशेषवालाको नेपाली कांग्रेसको खुला मञ्चको १५औँ महाधिवेशनको उद्घाटन सत्रप्रति ब्याङ्ग्य गरेका छन् ।

आइतबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले खुला मञ्च बनाइदिएका कारण नयाँ पार्टीले गाली गर्न पाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले कसैको पनि नाम लिएका छैनन् । तर, उनले गगन थापाप्रति लक्षित गरेर खुला मञ्च बनाइदिएका कारण सो ठाउँबाट सरकारलाई गाली गर्ने मौका पाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

गगन थापा र उनको पार्टीका नेताहरूले सरकारविरुद्ध निकै आलोचनात्मक अभिव्यक्ति दिएका छन् । उनीहरूले सरकारविरुद्ध अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाहको टिप्पणी आएको छ ।

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला काठमाडौंका खुला मञ्चलाई मर्मत सम्भार गरेर बनाइदिएका थिए । शाहको पालामा मर्मत सम्भार भएको खुला मञ्चमा कार्यक्रम गरेर गगन थापाले सरकारविरुद्ध अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाहको ब्याङ्गात्मक अभिव्यक्ति आएको छ ।

Published : Sunday, 2026 October 4, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया