कांग्रेस नेता एवम् पूर्वमन्त्री गिरीद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले १५औँ महाधिवेशनका लागि उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु हुन लागेको छ । अधिवेशनअन्तर्गत सोमबार मनोनयन दर्ताको कार्यक्रम छ ।

दाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका नेता गिरीले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको र मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

Published : Sunday, 2026 October 4, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया