पूर्वमन्त्री महर्जनद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बागमती प्रदेश सभाका सांसद समेत रहेका नेता महर्जनले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका हुन् । माहाधिवेशन प्रतिनिधिहरूसँग उनले आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

खेलकुद पृष्ठभूमिका नेता महर्जन बागमती प्रदेश सभामा ललितपुरको क्षेत्र नं. १ (२)बाट निर्वाचित सांसद हुन् । बागमती प्रदेश सरकारमा महर्जन युवा तथा खेलकुद मन्त्री रहेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेर खेलकुदको क्षेत्रमा देशका लागि योगदान गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुन लागेको छ । महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुने विश्वास लिएको महर्जनले जनाएका छन् ।

Published : Saturday, 2026 October 3, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया