प्यूठानको मल्लरानी गाउँपालिकाको ४ मा हिमाल, ५ मा रनबहादुर सभापतिमा निर्वाचित

मल्लरानी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस प्यूठानका विभिन्न पालिका अन्तर्गत वडाहरूमा अधिवेशन गरेका छन् ।

शनिबार मल्लरानी गाउँपालिकाको वडा नं. ४ मा वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस मल्लरानी गाउँपालिकाका संयोजक कुमार श्रेष्ठका अनुसार वडा नं. ४ को वडा सभापतिमा हिमाल जिसी सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित भएको संयोजक श्रेष्ठले बताएका छन् ।

त्यसैगरी, मल्लरानी गाउँपालिका वडा नं. ५ मा पनि अधिवेशन सम्पन्न भएको छ । वडा सभापतिमा रनबहादुर कामी सर्वसम्मत निर्वाचित भएका छन् ।

Published : Saturday, 2026 October 3, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया