देउवामा देखियो उच्च राजनीतिक संस्कार, वडामै उम्मेदवारी दिएर क्षेत्रीय प्रतिनिधि बने

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

वडा सभापति पदम महताले देउवालाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन गरिएको जानकारी दिएका छन् ।

देउवा समूहले १४औं महाधिवेशनको विधानअनुसार १५औं महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

तर, देउवाले भने चुनावी प्रतिष्पर्धामार्फत् महाधिवेशन प्रतिनिधिमा जितेर आउनेभन्दै वडाबाटै क्षेत्रीय प्रतिनिधिका लागि आकांक्षा देखिएका छन् ।

गन्यापधुरा–१ का नेता रमेश रावलका अनुसार देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए ।

सभापति देउवा यसअघिका महाधिवेशनमा पनि वडाबाटै प्रतिष्पर्धा गर्दै आउने नेतामध्येमा पर्छन् ।

गन्यापधुरा–१ को वडा अधिवेशनबाट देउवाका स्वकीय सचिव भानु देउवा पनि क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

भानुले स्थानीय इन्द्रबहादुर देउवालाई वारेसनामा दिएका थिए । कौशिलादेवी साइनोमा देउवाकी भाइबुहारी र इन्द्रबहादुर काका पर्छन् ।

Published : Friday, 2026 October 2, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया