नेपाली सेनाको पृतनापति समन्वयात्मक, प्रधान सेनापतिद्वारा निर्देशन

काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८३ सम्पन्न भएको छ ।

जङ्गी अड्डामा असोज १५ गतेबाट सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक–२०८३ शुक्रबार सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकको समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकता एवम् सम्पादन गरिएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद दिएका छन् । उनले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन् ।

बैठकमा सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक विषयहरूमा छलफल गरिएको सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत अधिकृतहरूको उपस्थिति थियो ।

Published : Friday, 2026 October 2, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया