बदलिएको २.० कांग्रेसका केन्द्रीय सदस्यको पावरफुल लीला
बदर्घाट । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले नवलपरासी जिल्लामा परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन् ।
पाठकले वडा अधिवेशनबाट परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन गरेका हुन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नवलपरासीको रामग्राम नगरपालिका–९ को वडाबाट असोज ५ गते सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश छ ।
क्षेत्रीय प्रतिनिधिको सूचीमा केन्द्रीय सदस्य पठकसँगै चन्द्र शेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, वेदव्यास पाठक, भोला पाठक, राधेश्याम पाठक र विश्वभरप्रसाद पाठक लगायतको नाम छ ।
नेता पाठक तथाकथित विशेष महाधिवेशनबाट मधेसी कोटाबाट केन्द्रीय सदस्य बनेका थिए । उनले वडा अधिवेशनबाट पाठक परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार गरेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया