गैर–वैधानिक कदमहरूले कांग्रेसलाई कमजोर बनाउँछ, सत्य र नीतिको बाटोमा हिड्नुपर्छ : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताएका छन् ।
बिहीबार काठमाडौं क्षेत्र नं. १ शेरबहादुर देउवा पक्षीय वडा अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै नेता सिंहले तथाकथित विशेष अधिवशेनको नाममा १४औँ महाधिवेशनले दिएको म्यान्डेट बमोजिमको केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने प्रयास र जालझेल स्वीकार्य नहुने बताए ।
नेता सिंहले भने, ‘आफै केन्द्रीय कार्यसमितिमा बसेर नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेपछि कसको मागमा र स्वार्थमा विशेष महाधिवेशन गरियोरु त्यो विशेष महाधिवेशन गरेकै दिनबाट जबर्जस्त रूपमा कांग्रेसलाई कमजोर पार्ने प्रयास भइरहेको छ।’
उनले गगन थापा स्वघोषित सभापति भएको बताएका छन् । उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । सर्वोच्चले आाधिकारिकतासम्बन्धी मुद्दामा निस्सा दिएपछि आफूहरूले पाउने आधार बनेको बताएका छन् ।
उनले गैर–वैधानिक कदमहरूले कांग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने बताएका छन् । आफूहरूले गर्ने महाधिवेशन नै आधिकारिक भएको नेता सिंहले बताएका छन् ।
शेरबहादुर देउवा पक्षले असोज १५ अर्थात् बिहीबारदेखि देशभरि वडा अधिवेशन शुरु गरेको छ ।
असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरि सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई अभिलेखका लागि जानकारी समेत गराइसकेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया