प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण गरिएको छैन, लिएका पनि छैनौँ : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले राहत सामग्री प्रहरीसँग नरहेको भन्दै राहत सामग्री आर्मी–पुलिसले मात्रै लगेको भनेर सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार प्रहरीका प्रवक्ता एवम् डीआईजी अविनारायण काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफूहरूले लिएको, वितरण नगरेको र सडिगली गएको भन्ने आशयको भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाएको विषयप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत जानकारी गराउँदै विपदको समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबलमा प्रतिकूल असर पर्ने, आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने तथा विपद् व्यवस्थापन सम्बन्धी संवेदनशील कार्यलाई समेत प्रभावित पार्ने गरी कपोलकल्पित आरोप तथा अफवाह प्रसार गर्नु अत्यन्त दुःखद् र गैरजिम्मेवार विषय हो,’ प्रहरी प्रवक्ता एवम् डीआईजी काफ्लेले भनेका छन् ।
‘नेपाल प्रहरी लगायतका अन्य सुरक्षाकर्मीहरू विपद्का समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया