गाउँपालिकाको कार्यालयमा आगजनीको घटनामा कर्मचारीसहित दुई जना पक्राउ

ताँजाकोट । जिल्ला प्रहरी कार्यालय, हुम्लाले ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागीको घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

भदौ ७ गते राति करीब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । आगजनी गर्नुको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करीब ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाललाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संलग्न रहेको पाइएपछि जैसी र ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2026 September 8, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया