कटारीको बनबाट १ हजार किलो गाँजासहित ३ जना पक्राउ
कटारी । जिल्ला प्रहरी कार्यालय, उदयपुरले कटारी नगरपालिका–६ बाँकेटार शान्ति बनबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले करीब १ हजार १ सय २२ किलो ६७ ग्रामसहित ३ जनालाई सोमबार बिहान पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ बस्ने ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी र जंगलका विभिन्न स्थानमा लुकाईछिपाई राखेको ५२ वटा बोरामा रहेको गाँजा फेला पारेको थियो ।
Published : Monday, 2026 August 31, 6:47 pm
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया