कांग्रेसको आदिवासी जनजाति समन्वय समितिद्वारा चियापान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति समन्वय समितिले भेटघाट तथा चियापानको कार्यक्रम राखेको छ ।
कांग्रेसका नेता अञ्जान लामाका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् । कार्यक्रममा नेता प्रा.डा.शशांक कोइरालासहितका शीर्ष नेताहरू पनि सहभागी हुनेछन् ।
भदौ ७ गते, आइतबार दिउँसो १ बजे नेपाली कांग्रेसका नेताहरूको सम्पर्क कार्यालय, चुनदेवी, महाराजगञ्जमा कार्यक्रम हुनेछ ।
भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन कांग्रेस नेता लामाले आह्वान गरेका छन् । उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समग्र विषयमा छलफल तथा भेटघाटका लागि चियापान कार्यक्रमको आयोजना गरेका छौं ।’
Published : Friday, 2026 August 21, 12:19 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया