गृहमन्त्री गुरुङसँग अष्ट्रेलियन राजदूत साइमनद्वारा शरणार्थी मुद्दाहरूमा छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेट गरेका छन् ।
बिहीबार सिंहदरबारमा भएको भेटमा गृहमन्त्री गुरुङसँग राजदूत साइमनले शरणार्थी मुद्दाहरू लगायत पारस्परिक हितका विषयहरूमा विचार आदानप्रदान गरेका छन् ।
राजदूत साइमनले साझा प्राथमिकताका आधारमा नेपालसँगको निकट सहयोगलाई निरन्तरता दिन अष्ट्रेलिया तत्पर रहेको बताएका छन् ।
Published : Thursday, 2026 August 20, 4:34 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया