कांग्रेस नेता खतिवडाद्वारा ओखलढुङ्गाको विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न प्राधिकरणसँग आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लामा विद्युत् आपूर्तिमा देखिएको समस्या सधामान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा पूर्वसांसद खतिवडा र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग भेट गरी दुधकोशी हाइड्रो पावर आयोजना छिटो कार्यान्वयनमा लैजान आग्रह गरेका हुन् । खतिवडाले कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठलाई ओखलढुङ्गा जिल्लामा देखिएको विद्युतको समस्याबारे ध्यानाकर्षण समेत गराएका छन् ।
ओखलढुङ्गा जिल्लामा पटक पटक विद्युत् अवरुद्ध हुँदा जिल्लाबासीहरू प्रभावित भइरहेको विषयमा पूर्वसांसद खतिवडाले श्रेष्ठको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विद्युत् आपूर्तिमा देखिँदै आएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक प्राविधिक तथा पूर्वाधार सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन खतिवडाले आग्रह गरिएका छन् ।
ओखलढुङ्गा लगायतका जिल्लाको विद्युत् आपूर्ति र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने दुधकोशी हाइड्रोपावर आयोजना शीघ्र सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया र कामलाई तीव्रता दिन पनि खतिवडाले आग्रह गरेका छन् ।
पूर्वसांसद खतिवडाले विकास, उद्योग, व्यवसायको विस्तार तथा जनजीवन सहज बनाउन भरपर्दो विद्युत् आपूर्ति अत्यावश्यक रहेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित निकायबाट ठोस पहल हुनुपर्नेमा जोड दिएका छन् ।
प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले ओखलढुङ्गाको विद्युत् समस्याबारे आवश्यक पहल गर्ने तथा दुधकोशी हाइड्रोपावर सञ्चालनसँग सम्बन्धित विषयलाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ओखलढुङ्गाको विद्युत् आपूर्ति सुधारसँगै दुधकोशी हाइड्रोपावर शीघ्र सञ्चालनमा आए जिल्लाको औद्योगिक, कृषि, पर्यटन तथा समग्र आर्थिक विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया