सभापति खड्काद्वारा जर्मनीमा जनसम्पर्क समितिको लेटरप्याड दुरुपयोग नगर्न चेतावनी
स्टोमबर्ग । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, जर्मनीका सभापति शिखर खड्काले आफ्नो संस्थाको लेटरप्याड नक्कली बनाइ दुरुपयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर सभापति खड्काले नेपाली जनसम्पर्क समिति जर्मनीको लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएका छन् । उनले भने, ‘नेपाली जनसम्पर्क समिति, जर्मनीको लेटरप्याड नक्कल गरी नेपाली जनसम्पर्क समिति जर्मनीको नाममा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विभिन्न अभिव्यक्ति तथा सूचनाप्रति नेपाली जनसम्पर्क समिति जर्मनी कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘नेपाली कांग्रेस केन्द्रले नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन)सँग बाझिने गरी २९ नोभेम्बर २०२१ मा वैधानिक तवरबाट सम्पन्न नेपाली जनसम्पर्क समिति, जर्मनीको अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा यसका सभापति श्री शिखर खड्काको कार्यकारी अधिकार, अधिवेशन आयोजना गर्ने अधिकार र संगठनात्मक गतिविधि सञ्चालन गर्ने अधिकार हटाइएको हवाला दिई कुनै एक व्यक्तिलाई संयोजक तोक्नु आफैंमा नेपाली कांग्रेसको विधानविपरीत तथा बदनीयतपूर्ण निर्णय हो ।’
‘कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको नेतृत्व हाइज्याक गरी हत्याउन, आफ्ना दासहरूलाई खुसी बनाउन विधान र पार्टीको विधिविपरीत निर्णयहरू गर्नु आफैंमा नेपाली कांग्रेस कमजोर बनाउन खोजेको वर्तमान म्यादी नेतृत्वको ‘कु’कर्म हो भन्ने नेपाली जनसम्पर्क समिति जर्मनीको ठहर छ,’ सभापति खड्काले भने ।
‘नेपाली जनसम्पर्क समिति जर्मनी यस्ता कार्यको घोर भर्त्सना गर्दछ,’ सभापति खड्काले भने, ‘पुनश्चः हाल सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रसारित भइरहेका कथित संयोजक मनोनयनसम्बन्धी सूचना तथा अभिव्यक्तिहरू नेपाली जनसम्पर्क समिति, जर्मनीको विधानसम्मत एवं संस्थागत प्रक्रियाअनुरूप नभएको हाम्रो स्पष्ट धारणा रहेको छ ।’
‘नेपाली जनसम्पर्क समिति, जर्मनी तथा नेपाली कांग्रेसप्रति आस्था राखनुहुने सम्पूर्ण जर्मनीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आधिकारिक कार्यसमितिबाट जारी हुने विज्ञप्ति, सूचना तथा जानकारीलाई मात्र आधिकारिक मानी अन्य अनधिकृत रूपमा प्रसारित सूचना तथा अभिव्यक्तिप्रति भ्रमित नहुन र ध्यान नदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ सभापति खड्काले भनेका छन् ।
भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेको समूहले नेपाली जनसम्पर्क समिति, जर्मनीमाथि पनि ‘क’ गरेको छ । विदेशमा रहेका धेरै जनसम्पर्क समितिहरूमा सानेपाबाट ‘कु’ भएका छन् । नेपाली जनसम्पर्क समिति, जर्मनीलाई सानेपाबाट ‘कु’ भए पनि सभापति खड्काले कांग्रेसको पुनरावलोकनको निस्सासँगैै सर्वोच्च अदालतको अब अन्तिम फैसला नहुँदासम्म गैरकानूनी कार्य नगर्ने सचेत गराएका हुन् ।
नेपाली जनसम्पर्क समिति, जर्मनीको नामबाट केही अबैधानिक व्यक्तिहरूबाट लेटरहेड दुरुपयोग गर्ने, सामाजिक सञ्जालमा विभिन्न खालका सूचनाहरू सम्प्रेषण गरेर भ्रम फैलाउने लगायतका हर्कत र गतिविधि गरेपछि सभापति खड्काले ती व्यक्ति र समूहलाई सचेत गराएका छन् ।
नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको छ । मुद्दा पुनरावलोकन हुने भएपछि कांग्रेसका सबै संघ, संस्था र स्वयम् कांग्रेसका गतिविधिहरू रोक्न नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा पत्र पठाएर सबै गतिविधिहरू रोक्न माग गरिसकेका छन् । यदि सानेपाबाट राष्ट्रिय भेला आयोजकहरूको मागप्रति बेवास्ता गरिए कानून कारबाहीको प्रक्रियामा जाने चेतावनी संयोजक प्रा.डा.कोइरालाले दिइसकेका छन् ।
सर्वोच्च अदालतबाट कांग्रेसको विवादको पुनरावलोकनसम्बन्धी मुद्दाको फैसलामा किराना नलाग्दासम्म सानेपाले कुनै पनि गतिविधि गर्नु भनेको अबैध हुने संयोजक प्रा.डा.को पत्रमा उल्लेख छ । सो पत्रको बोधार्थ संयोजक प्रा.डा.कोइरालाले निर्वाचन आयोगसहित सरोकारवाला निकायलाई दिइसकेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया