शेरबहादुर देउवाको स्वागतमा उर्लिएको भिड र राष्ट्रिय भेलाले सानेपामा बेचैन भएको छ : नेता प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गगन थापाले अहिलेसम्म सबै नेतालाई छक्याएर हिँडेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता प्रधानले भने, ‘आजसम्म गगनजीले सबैलाई छक्याएर भ्रममा पारेर आउँदै गर्नुभएको छ ।’

हिजो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा उर्लिएको भिड र राष्ट्रिय भेलामा भएको उपस्थितिले गगनप्रति अविश्वास बढ्दैगएको संकेत रहेको प्रधानले बताए ।

‘हिजोआजको यो उपस्थिति अब नेपाली कांग्रेसका सबै नेताकार्यकर्ताले गगनलाई विश्वास गर्न छाडिसकेको देखायो,’ प्रधानले भने ।

नेता प्रधानले सभापति शेरबहादुर देउवाको स्वागत गर्न गगन थापा नआउनु उनीभित्रको डर रहेको पनि बताए । उनले भने, ‘हिजोको अनुपस्थितिले उहाँले पार्टी एकता नचाहेको देखियो ।’

Published : Saturday, 2026 August 15, 1:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया