सर्वोच्च अदालतले निस्सा दिएपछि शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेको हुँ : तामाङ

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति भनेर आफूले बोर्ड राखेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले भने, ‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले खोलेको हो । हिजो शेरबहादुर दाइ पनि जानुभयो ।’

तामाङले भने, ‘त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधिकन राखेको हो ।’

कांग्रेस विवादबारे सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेकाले त्यसो गरेको उनले बताए ।

‘जब हामीलाई सम्मानित सर्वोच्च अदालतले निस्सा दिइसक्यो, अनि मैले हाम्रा सम्मानित नेता कसैलाई नसोधिकन त्यहाँ सभापति शेरबहादुर देउवा भनेर राखेको हुँ,’ तामाङले भने ।

Published : Saturday, 2026 August 15, 1:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया