सानेपाका परजीवीहरूका कारण कांग्रेस बिग्रियो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस परजीवीका कारण बिग्रिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘तपाईँहरू परजीवी हो, परजीवी ।’

उनले भने, ‘यी परजीवी कहिले गिरिजाबाबुका थिए, कहिले सुशीलदाका थिए, कहिले शेरबहादुर देउवाका थिए । अहिले परजीवीहरू सानेपातिर छन् ।’

परजीवी जबसम्म नष्टसम्म हुन्नन् तबसम्म कांग्रेसको हालत खराब भइरहने उनले बताए ।

देउवाको स्वागतमा आएका कांग्रेस हिजो उनीमाथि आक्रमण हुँदा कहाँ थिए ? भन्दै प्रश्न गर्नेमाथि पनि जिल्ला सभापति थापाले आक्रोश पोखरेका छन् ।

‘शेरबहादुर देउवाले कुटाइ खाँदा मात्रै होइन, गगन थापाको घर जल्दा सामाजिक सञ्जालमा लेख्ने साथीहरू कहाँ थिए ?,’ उनले भनेर प्रश्न गरेका छन् ।

Published : Saturday, 2026 August 15, 1:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया