वीपीवादलाई छाडेर पार्टी एकता हुन सक्दैन, अर्कै पार्टी बनाउनुपर्ने हुनसक्छ : जीतजंग बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले आफूहरू लास र दास नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘हामी लास र दास पनि होइन । हामी गगन थापा जस्तो लास र गगन थापाजस्तो दास पनि होइनौं । हामी पार्टी एकता गर्न चाहन्छौं ।’
पार्टी एकता गर्दा लोकतान्त्रिक समाजवाद छाड्न नसकिने पनि उनले बताए । उनले भने, ‘पार्टी एकता विधि र विधानमा हुन्छ । लोकतान्त्रिक समाजवाद छाडेर पार्टी एकता हुनसक्दैन ।’
राष्ट्रियताका विषयमा कुरा नगरेर लोकतन्त्रमा कुरा नगरेर पार्टी एकता हुन नसक्ने उनले बताए ।
‘मूल कुरा वीपीवादलाई छाडेर पार्टी एकता हुनसक्दैन,’ नेता बस्नेतले भने, ‘यदि छाडेर जाने हो भने हामीले अर्कै पार्टी बनाउनुपर्ने हुनसक्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया