म त्यो कांग्रेस २.० भित्र पर्दैन, त्यो दोस्रो कांग्रेस हो : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गगन थापाले भनेको कांग्रेस २.० मा आफू समावेश नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बलायले भने, ‘आज कांग्रेस २.० भनेको छ । म त्यो कांग्रेस २.० भित्र पर्दैन । बाध्यात्मक रूपमा म त्यो टू प्लस जिरोभित्र पर्नुपर्ने हो भने म त्यो भित्र हुनेछैन ।’

सभापति बलायरले भने, ‘किनकि २.० भनेको वीपीदेखि शेरबहादुरसम्मको कांग्रेसको अन्त र एउटा नयाँ व्यक्तिको सुरुवातबाट सुरु भएको दोस्रो कांग्रेस हो । त्यो कांग्रेसभित्र म पर्दैन । तपाईँ पर्नुहुन्छ कि पर्नुहुन्न तपाईँले निर्णय गर्ने कुरा हो ।’

वीपीको समाजवाद जीवनपर्यन्तसम्म आवश्यक रहेको सभापति बलायरले बताए ।

‘हामी त्यसका अनुयायी हौं, हाम्रो त्यसमा कसैसँग पनि सम्झौता हुनसक्दैन,’ बलायरले भने । भेलामा उपस्थित भएका नेता संघर्षको विरासत बोकेको पनि उनले बताए ।

‘यहाँ उपस्थित भएको जमात संघर्षै–संघर्षको बथान हो । यो कुरा सानेपामा हुनेहरूलाई के थाहा ?,’ सभापति बलायले भने ।

Published : Saturday, 2026 August 15, 1:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया