सच्चा कांग्रेसले घरमा आगो लगाएर, रक्ताम्य बनाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लैजाने थिएन : दीपक खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले निर्वाचन आयोगलाई हतियार बनाएर पार्टी लुटेर लगेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न नसक्ने बताए ।
‘हिजो निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर गएकै हो । यो अपराध हो,’ खड्काले भने, ‘यो अपराध क्षम्य हुँदैन । अहिले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा पार्टी सभापतिले भनिसक्नुभएको छ ।’
उनले सच्चा कांग्रेसले वर्षौंदेखि निर्वाचित नेताहरूलाई टिकट नदिने जस्तो दुस्साहस गर्न नसकिने बताएका छन् ।
‘हामी सबैलाई थाहा छ, चोइटिएर गएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन,’ नेता खड्काले भने, ‘सच्चा कांग्रेस भएको भए सबै निर्वाचनमा सधैं निर्वाचित यत्रा नेतागणलाई टिकट नदिने दुस्साहस गर्न सकिँदैन थियो ।’
उनले भने, ‘सच्चा कांग्रेस भएको भए, घरमा आगो लगाइदिए, रक्ताम्य बनाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो । यो अपराध हो । के आज यो अपराध क्षम्य हुन्छ ? यो प्रश्नको उत्तर हिजोको उपस्थिति र आजको भेलाले गर्विलो झापडको रुपमा सावित भइसकेको छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया