शेरबहादुरजीकै नेतृत्वमा वडा, पालिका, प्रदेश, संघ र राष्ट्रिय सभामा ठूलो दल बनेका हौँ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगनकुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले गगनले यसअघि नै ५५ वर्षपछि राजनीति छाड्छु भनेको विषय स्मरण गराएका हुन् ।

‘युवा युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ, हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ,’ नेता बस्नेतले भने, ‘उहाँले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ ।’

बस्नेतले भने, ‘यदी सबैलाई स्मरण छभने उहाँ ५२ वर्ष भइसक्नुभयो । यदी नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ ।’

‘कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म हाम्रो औसत आयु ४९ वर्ष थियो,’ नेता बस्नेतले भने, ‘अहिले मात्रै ७० नाघेको छ । तपाईं ५५ वर्ष पुग्दै हुनुहुन्छ । तपाईं सार्वजनिक रुपमा कांग्रेस कसले डो¥याउन सक्छ, तपाईं जिम्मा लाउनुस् ।’

उनले कांग्रेस आजको दिनमा गगनको नेतृत्वमा नचलेको बताएका छन् । ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ । कांग्रेस पार्टीको लामो कुरा नगरौं, शेरबहादुर देउवाजीको नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा बहुमत । राष्ट्रिय सभामा थिएन, त्यहाँ पनि उहाँहरूको बुद्धिमताले त्यहाँ पनि बहुमत पुर्‍याएको हो,’ उनले भने ।

Published : Saturday, 2026 August 15, 12:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया