सभापति देउवाको स्वागतमा सहभागी सम्पूर्णलाई राष्ट्रिय भेला आयोजक समितिले दियो धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समिति २०८३ ले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता हुँदा स्वागतका लागि जम्मा भएका पार्टीका नेता तथा कार्यकता, शुभेच्छुक र सर्वसाधारणहरूलाई धन्यवाद दिएको छ ।
बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरेर समितिका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले सभापति देउवाको स्वागतमा प्रतिकुल मौसमको बाबजुत् पनि उपस्थित भइदिएकोमा आभार प्रकट गरेका हुन् ।
‘लामो समयसम्म स्वास्थोपचार गरि आज साउन २८ गते स्वदेश फर्कनु भएका नेपाली कांगेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको स्वागतमा प्रतिकूल मौसमका बाबजुत पनि बीसौं हजारको संख्यामा सहभागी हुनुभएका पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, यूवा, तरुण, विद्यार्थी, उद्योगी, व्यापारी, व्यवसायी, पेशागत बुद्धिजीवी, पत्रकार, कलाकार, सामाजिक सांस्कृतिक तथा सांगितीक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, सुरक्षाकर्मी एवं सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुमा नेपाली कांग्रेस, राष्ट्रिय भेला आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ,’ संयोजक विश्वकर्माले भने ।
झण्डै ५ महिनाको उपचारपछि सभापति देउवा स्वदेश फर्किएका छन् । देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । उनीहरूले देउवालाई मोटरसाइकल र गाडीको र्यालीसहित चुनदेवीस्थित सम्पर्क कार्यालय र त्यसपछि महाराजगञ्जस्थित निवासमा लगेर सुरक्षित रुपमा राखेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया