देउवाको स्वागतका लागि एयरपोर्ट पुग्न धादिङ कांग्रेसको आह्वान, प्रा.डा.कोइरालाको निर्देशनपछि नेताहरू उत्साहित
काठमाडौं । नेपाली कांग्रेस धादिङले सभापति शेरबहादुर देउवाको स्वागतका लागि साउन २८ गते बिहीबार ११ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको धादिङ कांग्रेसका नेताहरूको बैठकले नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले निर्देशानुसार सभापति देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन धादिङ कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आग्रह गर्ने निर्णय भएको कांग्रेस नेता गोपाल विश्वकर्माले बताएका छन् ।
‘श्रावण २८ गते १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूव्र्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई स्वागत गर्न ११ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने,’ विश्वकर्माले भने, ‘श्रावण २९ गतेको कार्यक्रममा सहभागी हुनुहुने नेताकार्यकर्ता तथा कांग्रेसका सदस्यहरूको रेकर्ड राख्ने र सहभागी हुनुभएका सदस्यहरूलाई रमश कार्कीजीले पाएको प्रमाण पत्र जस्तै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्ने ।’
‘श्रावण २९ गतेको भेलामा सहभागी नहुने– जिल्ला सभापति, पदाधिकारी तथा सदस्यहरू, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, प्रतिनिधि सभा सभापति, प्रदेश सभापति, पालिका सभापति र वडाका सभापति र नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतनिधिहरूको विकल्प खोज्न, साउन २८ र २९ गते सहभागी हुने पार्टीको नेताहरूलाई जिम्मेवारी दिने,’ नेता विश्वकर्माले भने ।
‘साउन महिनाको २८ गते ११ बजे अन्तर्राष्ट्रिय विमानस्थल पुगौं । देश र जनताको लागि जीवन समर्पण गरेका नेता शेरबहादुर देउवाज्यूलाई एयरपोर्टमा स्वागत गर्न सबै नेता तथा कार्यकर्ताहरू सहभागी बनौं,’ नेता विश्वकर्माले अपील गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया