राष्ट्रिय भेला र सभापति देउवाको स्वागतका विषयमा ललितपुर कांग्रेसद्वारा छलफल
लगनखेल । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको पूर्वतयारी स्वरुप ललितपुरमा नेता एवम् अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल भएको छ ।
मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा नेपाली कांग्रेस ललितपुरले भेटघाट तथा छलफल कार्यक्रम गरेको हो । कार्यक्रममा उपस्थित भएका नेता तथा कार्यकर्ताहरूले मुलुकमा राजनीतिक चुनौतिहरू बढ्न थालेको भन्दै कांग्रेसको बृहत एकताका लागि आग्रह गरेका छन् । त्यसका लागि सानेपामा बसेका नेताहरूले जिम्मेवारी देखाउनुपर्ने बताएका छन् ।
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले साउन २९ गते हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । उनले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन २८ गते बिहान साढे ११ बजे उपस्थित पनि आग्रह गरेका छन् ।
सुदर्शन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नेता मोहनबहादुर बस्नेतका साथै नेताहरू मदनबहादुर अमात्य, जीतजंग बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया