कांग्रेसको राष्ट्रिय भेला सफल बनाउन लुम्बिनीका सबै जिल्लामा प्रतिनिधिहरू तोकियो, सभापति देउवालाई भव्य स्वागत गर्ने
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति, लुम्बिनी प्रदेशले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फिर्ताका क्रममा भव्य स्वागत गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको बैठकले सभापति देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि साउन २८ गते बिहान साढे ११ बजे उपस्थित हुने निर्णय गरेको कांग्रेस नेतृ टीका डाँगीले बताएकी छिन् । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट राष्ट्रिय भेलामा सहभागी हुने तथा सभापति देउवाको स्वागतका लागि गरिने कार्यक्रमलाई सहजीकरण गर्न बैठकले प्रतिनिधिहरू पनि तोकेको छ ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति, लुम्बिनी प्रदेशका संयोजक गेहेन्द्र गिरीले भने, ‘नेपाली कांग्रेसका श्रद्धेय सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू उपचारपश्चात स्वदेश फर्कने क्रममा उहाँलाई लुम्बिनी प्रदेशबाट भव्य तथा सम्मानपूर्वक स्वागत गर्ने निर्णय गरियो ।’
‘नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिद्वारा आयोजित राष्ट्रिय भेलालाई भव्य, सभ्य र प्रभावकारी रूपमा सफल बनाउन सक्रियतापूर्वक सहभागी हुने तथा सम्बन्धित नेता, कार्यकर्ता र प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय गरियो,’ बैठकपछि जारी निर्णयमा उल्लेख छ ।
‘राष्ट्रिय भेलामा उपस्थित हुने प्रतिनिधिहरूको आवास, यातायात, भोजन तथा अन्य आवश्यक व्यवस्थापन सचिवालयमार्फत व्यवस्थित र प्रभावकारी रूपमा गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ, ‘राष्ट्रिय भेलामा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरूलाई भेलासम्बन्धी आवश्यक सूचना, कार्यक्रम, समय, स्थान तथा व्यवस्थापनका विषयमा सचिवालय तथा आयोजक समितिमार्फत सार्वजनिक एवं व्यक्तिगत माध्यमबाट व्यापक रूपमा सूचना प्रवाह गर्ने निर्णय गरियो ।’
समितिका संयोजक गिरीका अनुसार लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रहरूसँग आवश्यक समन्वय, सम्पर्क तथा संगठनात्मक परिचालन गर्न संघीय निर्वाचन क्षेत्र प्रतिनिधिहरू चयन÷मनोनयन गर्ने निर्णय गरिएको छ ।
संघीय निर्वाचन क्षेत्र प्रतिनिधिहरूमा अर्घाखाँचीमा लक्ष्मण पौडेल, गुल्मी– १ मा सुर्दशन गौतम, गुल्मी– २ मा रविन्द्र घिमिरे, पाल्पा– १ मा कल्प पौडेल र पाल्पा– २ माधव नेपाल, रुपन्देही– १ मा गुणाखर भुर्तेल, रुपन्देही– २ मा जमुना ढकाल, रुपन्देही– ३ मा भरथरी यादवलाई प्रतिनिधिका रुपमा जिम्मेवारी तोकिएको छ ।
कपिलवस्तु– १ मा अब्दुल मन्नान खाँ, कपिलवस्तु– २ मा अनुप पाण्डे, कपिलवस्तु– ३ मा किफायतुल्लाह खाँ, बाँके– १ मा माधव केसी, बाँके– २ मा निरञ्जनसिंह सिजापति, बाँके– ३ मा टेकबहादुर खड्का, बर्दिया– १ मा गंगाधर पौडेल, बर्दिया– २ मा जग्गाप्रसाद पाण्डे, रुकुमपूर्वमा दत्त बस्नेत, रोल्पामा मानबहादुर खत्रीलाई प्रतिनिधिका रुपमा जिम्मेवारी दिइएको कांग्रेस नेतृ डाँगीले बताइन् ।
प्यूठानमा ईश्वर विष्ट, दाङ– १ मा भेषराज पाण्डे, दाङ– २ मा कमानसिंह भारती, दाङ– ३ मा जनकप्रसाद खराललाई प्रतिनिधिका रुपमा जिम्मेवारी तोकिएको छ । नवलपरासी जिल्लाका क्षेत्रहरूको प्रतिनिधि स्थानीय नेताहरूसँगको समन्वय र परामर्शमा तोकिने संयोजक गिरीले बताए ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति, लुम्बिनी प्रदेशको सचिवालयको जिम्मेवारी महाधिवेशन प्रतिनिधि वमबहादुर डी.सी. (दाङ)लाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको डाँगीले बताइन् ।
‘उपरोक्त निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आवश्यक सहयोग, समन्वय र सक्रियताका लागि अनुरोध गर्ने निर्णयसमेत गरियो,’ संयोजक गिरीले भनेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया