गाउँवेशी थकालीमा प्रहरी छापा, कौडा खेल्ने १७ जनाको समूह ठूलो रकमसहित गिरफ्तार

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले २७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२७ स्थित गाउँवेशी थकालीमा कौडा खेलिरहेको अवस्थामा काठमाडौंको रानीवन बस्ने काभ्रेको खानीखोला गाउँपालिका–७ घर भएका ४२ वर्षीय रेशमबहादुर घ्यावा समेत १६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख १७ हजार १ सय २५ रूपियाँ र कौडा १६ थान सहित पक्राउ गरेको जनाएको छ ।

उता, पोखरा महानगरपालिका–३२ घारी बस्ने ४८ वर्षीय दीपकराज तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा दीपकसमेत ११ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ९५ रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Tuesday, 2026 August 11, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया