आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित चार जना पक्राउ
काठमाडौं । पर्सा वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित चार जना पक्राउ परेका छन् ।
सोमबार साँझ ६ः३० बजे आदर्शनगरमा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह,२६ वर्षीय सागरकुमार सर्राफ र विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
सुरज कर्णको साथबाट १ लाख रुपियाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपियाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपियाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपियाँ बरामद भएको छ ।
बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपियाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपियाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपियाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपियाँ रहेको प्रहरीको भनाई छ ।
बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया