कांग्रेस निकट जनसम्पर्क समिति फ्रान्सको अधिवेशनबाट भण्डारी नेतृत्वको कार्यसमिति निर्वाचित
पेरिस । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
९ अगस्ट २०२६ मा आयोजित समारोहका बीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
निवर्तमान सभापति सुधिर रानाको सभापतित्व एवं संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट शुरु भएको उद्घाटन सत्रमा राष्ट्रिय गानका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।
केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकिल ओली विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए । निर्वाचन समितिका संयोजक सुवर्णविक्रम हमालको संयोजनमा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देवीजङ्ग गुरुङलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिद्वय विकास के.सी. र सुजनराज भट्ट, महामन्त्रीमा सुशील भण्डारी चयन भएका छन् । सहमहामन्त्रीमा विवेक धमला र कोषाध्यक्षमा दीपेन्द्र दाहाल चयन भएका छन् । सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएकोे महामन्त्री सुशील भण्डारीले जानकारी दिएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया