हाम्रो मेजोरिटी पनि छैन, सरकार कसैले ढाल्छ भने त्यो सत्तापक्षले नै ढाल्छ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता एवम् सांसद ज्ञानेन्द्र शाहीले वर्तमान सरकार ढाल्ने कुनै खेलमा प्रतिपक्ष नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले आगामी पाँच वर्ष प्रतिपक्ष सरकार ढाल्ने खेलमा नलाग्ने बताएका हुन् । उनले राप्रपासँग सरकार गठन वा विघटन गर्न सक्ने मेजोरिटी नरहेको बताए ।

सरकार ढल्ने अवस्था आए सत्तापक्षकै कारण ढल्ने सांसद शाहीले बताए । उनले भने, ‘हाम्रो मेजोरिटी पनि छैन, हामी त्यो खेलमा छैनौँ । सरकार कसैले ढाल्छ भने त्यो सत्तापक्षले नै ढाल्छ ।’

प्रधानमन्त्रीले सरकारले काम गर्न नपाएको भन्ने अभिव्यक्ति दिने गरेकोतर्फ संकेत गर्दै सांसद शाहीले प्रतिपक्ष सरकारको विरोधी नभएको बताए । बरु प्रतिपक्षले सरकारलाई काम गर्न सहयोग गरिरहेको उनले बताए ।

Published : Monday, 2026 August 10, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया