धादिङमा ४ सवारी साधन एकआपसमा ठोक्किए, तीन जना घाइते

थाक्रे । धादिङ जिल्लास्थित पृथ्वी राजमार्गमा हायस, टिफर, ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित सडकमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिफर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

त्यसपछि सोही दिशातर्फ जाँदै गरेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी र बा.प्र.०२–०१८ प १८५९ नम्बरको स्कुटर टिफरको पछाडि ठोक्किएका हुन् ।

दुर्घटनामा हायसमा सवार तीन जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी साइबाबा सामुदायिक अस्पताल, धार्केमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।

घाइते हुनेहरूमा तनहुँको आबुखैरहनी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ४७ को शिव थापा, धादिङको गजुरी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ६५ को कुलप्रसाद ढुङ्गाना र गोरखाको गोरखा नगरपालिका वडा नं. १३ बस्ने वर्ष ३६ कि सरस्वती श्रेष्ठ रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2026 August 10, 6:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया