कानूनका पूर्व विद्यार्थीहरूको नेटवर्कले भारत र नेपालबीचको सम्बन्ध अझ सुदृढ बनाउनेछ : राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले भारतीय कानून संस्थाका प्रतिष्ठित नेपाली पूर्व विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहितका न्यायाधीशहरूलाई आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका हुन् । प्रधानन्यायाधीश डा.शर्मा भारतीय कानून संस्थाका पूर्व विद्यार्थी पनि हुन् । डा.शर्माको प्रमुख आतित्यथ्यामा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपालिकाका वरिष्ठ सदस्यहरू, अमेरिकामा अध्ययन गरेका पूर्व कानूनका विद्यार्थी, कानूनी संस्था र शैक्षिक क्षेत्रमा प्रतिष्ठित सदस्यहरू तथा युवा कानूनी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्व विद्यार्थीहरूको नेटवर्कको दीर्घकालीन महत्वलाई भारत र नेपालबीचको सम्बन्ध अझ सुदृढ बनाउन आग्रह गरेका छन् ।

भारतीय कानून संस्थाका नेपाली पूर्वछात्र संघको शुभारम्भ पनि गरिएको छ । संघले कानूनी र शैक्षिक क्षेत्रमा सहकार्य बढाउने र भारत–नेपालको पुरानो मित्रतालाई अझ बलियो बनाउन प्लेटफर्म प्रदान गर्ने भारतीय राजदूतावास, लैनचौरले जनाएको छ ।

Published : Monday, 2026 August 10, 6:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया